विश्वभर कोरोना :
संक्रमित:६ करोड ३० लाख ५३ हजार ९८
निको भएका : ४ करोड ३५ लाख ३१ हजार ३ सय ६५
मृत्यु : १४ लाख्ह ६४ हजार ७ सय ६४
स्रोत: वर्डोमिटर्स
नेपाल:
कोरोना संक्रमणबाट दैनिक २० जना भन्दा बढिको मृत्यु हुने क्रम जारि रहेको छ। नेपालमा आज पनि कोरोनाबाट २५ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको अद्यावधि जानकारी अनुसार नेपालमा कोभिड -१९ संक्रमित भई मृत्यु हुनेहरुको कुल संख्या १ हजार ४ सय ७९ पुगेको छ।
हिजो पनि १९ जनाको ज्यान गएको हो भने ,शुक्रबार मात्रै २३ जना संक्रमितहरुको देहान्त भएको थियो। त्यसैगरी विहिबार नेपालमा २३ जना ,बुधबार २८ जनाको ज्यान गएको थियो।
नेपालमा गत २४ घन्टामा १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल संक्रमित संख्या २३ लाख १ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
आज १ हजार ४ सय ४ जना निको भएसंगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २१ लाख २२ हजार ५ सय ९० पुगेको छ ।
प्रतिक्रिया