मङ्सिर १४ ,काठमाडौं ।
सगरमाथाको काखमा रहेको खुन्दे गाउँमा हिजोआज नौलो दृश्य देखिन्छ । गाउँबासीको एक हुल स्तुप र माने मर्मत गर्दैछ । अर्को हुल ठूलाठूला ढुङगामा खोपिएका बौद्ध मन्त्राक्षरबाट लेउ खुर्केर फ्याल्दै छ । आफनो घरमा समेत् त्यति काम नगर्ने युवायुवतीहरु पूरानो सम्पदाहरुको संरक्षण गर्दै दिन बिताउन थालेका छन् ।
परिणाम, वर्षौंसम्म बेवास्ता गरिएका मानेहरुले फेरि चम्किलो देखिन थालेका छन् । सम्पदास्थललाई सरसफाइ र मर्मत गरे पछि रङरोगनमार्फत सजाइर्दै छ । कहिल्यै घर नबसेकाहरु वा घरमै रहेर पनि समाजिक काममा पटक्कै चासो नदिनेहरु समेत् यस्तो काममा जुटेका छन् ।
कोरोनाले सबैतिर नराम्रो गरेको होइन रहेछ ! प्रकोप सुरु भएपछि पर्यटन व्यवसायले जुन ठक्कर खानु परिरहेको छ ; त्यसको एउटा सकारात्मक (बाइप्रोडक्ट) खुन्दे गाउँको यसरी मुहार फेरन थालेको छ कि भोलि पर्यटकहरु हिजो भन्दा भढि मौहित भएर खुन्देमा बस्ने वाताहरण तयार भएको छ । किनकि हिजो धेरै पर्यटकको आखाँ नपरेका थुपरै स्मारकहरुको लुकेको सुन्दरता अहिले गाउँलेको प्रयासमा बाहिर देखिन थालेको छ । यो सबै कोरोनाले सबैको व्यवासाय बन्द भएका कारण उपलब्ध फुर्सदले गर्दा भएको हो ।
सोेलुखुम्बुस्थित खुम्बु पासाङ लाम्हु गाउँपालिका अधिकांश स्थानीयहरु गाउँको सरसफाइ र पूर्खाहरुले संरक्षण गर्दै आएका स्तुपाहरु संरक्षणमा जुटेका छन् । कोरोनाले नकारत्मक धेरै असर गरे पनि यस्तै केहि उपलब्धीले त्यहाका जनतालाई खुसी गराइरहेको छ ।
कोरोना माहामारीका कारण सबै क्षेत्रमा नकारात्मक असर परिरहेका बेला सोेलुखुम्बुस्थित खुम्बु पासाङ लाम्हु गाउँमा छुट्टै रौनक छ । पहिले यस्तै सरसफाईको काम गरौं भन्दा मुस्किले तीनदेखि चार जना जम्म हुने गरेकोमा अहिले करिब एक महिनादेखि स्थानीयाहरु संरक्षण र सरसफाइ कार्य भइरहेको छ ।
खुन्दे गाउँका स्थानीय ज्यापाङ शेर्पाका अनुसार लकडाउनका कारण धेरै जसो युवाहरु गाउँमै रहेका कारण स्थानीय सबै मिलेर संरक्षण र सरसफाइ कार्य गर्दै छौं । सो कार्यमा फुर्सदमा रहेका महिलाहरु, बच्चाहरु देखि लिएर सबै स्थानीयहरुको सहभागिता हुने गरेको छ ।
हामी बौद्धमार्गी हुनाले मन्दिरहरुको संरक्षण र पूखाहरुले संरक्षण गर्दैका मठमन्दिरहरुको संरक्षण र सरसफाइमा लागेका छौं । लकडाउन अघि सरसफाइका लागि दिनमा दुई देखि तीन जना सम्म मात्र मानिस हुने गरेको तर अहिले कोरानाको कारण सबै स्थानीयहरु लागि परेका छन् ।
सरसफाइ देखि रङ पनि लागाउदै र नयाँ खोप्ने पनि गरिरहेका छन् । स्थानीय मानिसहरु धेरै जसो फुर्सदमा भएका साथै नभ्याउनेहरुले पनि आर्थिक सहयोग गर्दै गरेका स्थानीया ज्यापयाङले जानकारी दिनुभयो । त्यही आर्थिक सहयोहले काम गर्ने हरुलाई चियाँपान र स्तुपमा प्रयोग गर्ने सामागीहरु किर्न प्रयोग गरिरहेको पनि उहाँले बताउनुभयो ।
लकडाउनका कारण धेरै जसो युवाहरु वेरोजगार भएका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै यस्तो पुनित कार्यमा लागि परेको उहाँले जानकारी दिनुभयो । अरु समयमा युवाहरु पयटन क्षेत्रमा समावेश भएकाहरुले गाउँमै पनि राम्ररी हेर्न पाउदैनन् । कोरोनाले सबै जनालाई एक जुट हुने अवसर दियो ।
खुम्बुमै ट्रेकिंगमा आबद्ध रहेका आङ छिरिङ शेर्पा लकडाउकका कारण कृषि र घराइसी काम मै व्यस्त भएका अहिले गाउँको सरसफाई, मन्दिरहरुको संरक्षण र पूखाहरुले संरक्षणमा व्यस्ता छन् । “हामी सबै जना पुरानो सम्पदाहरु बचाउन स्वयम् सेवकको रुपमा एक भएका छौं । हाम्रो मुख्य उद्देशय भनेको आफनो गाउँ आफै बनाउ भने हो ।”, शेर्पाले बताउनुभयो ।
साथै लगभग एक महिनादेखि सबै स्वयमसेवीहरु यस कार्यमा लागेको पनि उहाँले बताउनुभयो ।
अहिले यसरी सामुदायिक कार्यमा पुरानो स्मारकहरु बचत र सहभागी हुने अवसर पाएकामा धेरै खुसी, भाग्यमानी र गौरव महशुस गरेका उहाँले बताउनुभयो । आउने दिनहरुमा पनि हामी हाम्रो सामुदायिक कार्यहरुमा शामिल हुने र स्वयंसेवक गर्ने हाम्रो पहिला देखिको बानी नै छ । हाम्रो आफनो गाउँ ठाउँ आफै बनाउ र पूरानो स्मारकहरु संरक्षण गरौं भन्ने विचारले सहभागी भएका उहाँले बताउनुभयो ।
स्नातकतहमा अध्यनरत खुन्डे गाउँका दोर्जी छिरिङ शेर्पाका अनुसार हाम्रा पुर्खाहरुले ढुङगाले बनेका मणिको पूणः निर्माण गर्न पाउदा गर्व महशुस गरेको छु । मलाई अनौंठो अनुभव भएको छ यो कार्य गरेर । साथै मैले नयाँ सीप सिक्ने मौका पाएँ हाम्रो पुर्खाहरुले ढुङगाको नक्सा कुँदेको बारेमा धेरै विचारहरु सिक्यौं । यो एक यस्तो कला हो जुन हाम्रो क्षेत्रमा विलुप्त हुदै गरेको उहाँले बताउनुभयो ।
अब हामी गर्वसाथ भन्न सक्छौं कि हामीसगँ एउटा नयाँ ढुङगाको नक्सा कोरने कला छ जुन हाम्रो समुदायमा केही खास मूल्यवान् छ । हामीले धेरै मणि देख्यौं जुन चित्रित गरियो तर हाम्रो जेष्ट र युवा नागरिकको धारणसहित, हामी फेरि पूण गर्ने निर्णय गछौं ताकि यो लामो समयसम्म रहनेछ र यो प्राकृतिक रहनेछ । हाम्रो युवा पुस्ताले एकता शक्तिको बारेमा सिक्ने छ । यो हाम्रो सहयोग र समझको कारण सम्भव भएको उहाँले जानकारी दिनुभयो ।
फोटो : सौजन्य
प्रतिक्रिया