मृत्यु हुने संख्या दैनिक २० जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १४।
कोरोना संक्रमणबाट दैनिक २० जना भन्दा बढिको मृत्यु हुने क्रम जारि रहेको छ। नेपालमा आज पनि कोरोनाबाट २५ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको अद्यावधि जानकारी अनुसार नेपालमा कोभिड -१९ संक्रमित भई मृत्यु हुनेहरुको कुल संख्या १ हजार ४ सय ७९ पुगेको छ।
हिजो पनि १९ जनाको ज्यान गएको हो भने ,शुक्रबार मात्रै २३ जना संक्रमितहरुको देहान्त भएको थियो। त्यसैगरी विहिबार नेपालमा २३ जना ,बुधबार २८ जनाको ज्यान गएको थियो।

नेपालमा गत २४ घन्टामा १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल संक्रमित संख्या २३ लाख १ हजार ९ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
आज १ हजार ४ सय ४ जना निको भएसंगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २१ लाख २२ हजार ५ सय ९० पुगेको छ ।
हाल सम्म १७ लाख २७ हजार ८ सय ३६ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १७ हजार ९ सय ९ रहेको छ ।
हाल ६ सय ३२ जना क्वारेनटाइनमा रहेका हुन् ।