तापक्रम –
अधिकतम:२९.0 डिग्री (सिमरा )
न्युनतम :- -२.५ डिग्री (जुम्ला )
मंसिर १४ गते (आइतबार)
दिउँसो : सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
मौसम विश्लेषण :
उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
हालको मौसमको अवस्था :
हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/१४ देखि २०७७/०८/१६) जारी समय : बिहान ६:०० बजे
दिउँसो सुदुर पश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया