झन्डै १४ सय थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १३ ।
नेपालमा गत २४ घन्टामा १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कुल संक्रमित संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो ।
५ सय १५ जना निको भएसंगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।
हाल सम्म १७ लाख १९ हजार ८ सय २८ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १८ हजार ८३ रहेको छ । हिजो भन्दा आज सक्रिय संक्रमित बढेका हुन् ।
हाल ६ सय १८ जना क्वारेनटाइनमा रहेका हुन् । गत २४ घन्टामा थप १९ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन् ।