मङ्सिर १३, काठमाडौं। नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा उनमा शुक्रबार कोरोना पुष्टि भएको सन्दीपले ट्विटर मार्फत सार्वजनिक गर्नुभएको हो ।
पीसीआर पोजिटिभ देखिए पनि आफूमा अहिले कोरोनाका कुनै पनि लक्षण नदेखिएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
कोरोना पुष्टिपछि सन्दीप अहिले होमआइसोलेसनमा हुनुहुन्छ।
यसअघि नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेद्रसिंह ऐरी, ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर बसन्त रेग्मी पनि कोरोना संक्रमित भएका थिए । जसमध्ये बसन्त बाहेक सबैजनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ ।
प्रतिक्रिया