विश्वभर कोरोना :
संक्रमित: ६ करोड १९ लाख ५६ हजार ३७
निको भएका : ४ करोड २७ लाख ६४ हजार ४ सय ५०
मृत्यु : १४ लाख ४८ हजार १ सय ७९
स्रोत: वर्डोमिटर्स
नेपाल:
नेपालमा गत २४ घन्टामा १० हजार ४ सय ६० जनाको पिसिआर गरिएकोमा ६ सय ९६ महिला र १ हजार ७ जना पुरुषगरी १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै कुल संक्रमित संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो।
१ हजार २ सय ३६ जना निको भएसंगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।
हाल सम्म १७ लाख १० हजार ४ सय ६० जनाको पिसिआर परिक्षण गरिसकिएको छ । नेपालमा निको हुने डर ९१.९ प्रतिशत रहेको छ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १७ हजार २ सय ३७ रहेको छ। हिजो भन्दा आज सक्रिय संक्रमित बढेका हुन्।
हाल ६ सय १ जना क्वारेनटाइनमा रहेका हुन् । गत २४ घन्टामा थप २३ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएका छन्।
प्रतिक्रिया