आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तापक्रम –
अधिकतम:३०.४ डिग्री (भैरहवा )
न्त्युनातम :- -0.५ डिग्री (जुम्ला )

मंसिर १३ गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

राती :  देशभर मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण

हाल देशको पूर्वी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था :

हाल प्रदेश २ र प्रदेश १ का अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/१२ देखि २०७७/०८/१४) जारी समय : बिहान ६:०० बजे

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।