सवारी दुर्घटनामा दुई जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फोटो साभार:सामाजिक संजाल

मंसिर ११,सिरहा।

बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ ।
सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत पदमपुरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।
सिरहा नगरपालिका वडा १० पदमपुरमा विहिबार दिउँसो सिरहाबाट चोहर्वा तर्फ जादैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरित दिशा (चोहर्वा) बाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उक्त दुर्घटनामा गम्भीर घाईते सिरहा नगरपालिका ११ भलुवाहीका जगदेव कामतीका छोरा २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका कारीराम कामतीका छोरा २६ वर्षिय अरुण कुमार कामतीको मृत्यु भएको हो । गम्भीर घाईते दुवैलाई एम्बुलेन्समा राखेर सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको ट्राफिक प्रहरी नायव निरिक्षक रामकुमार यादवले बताए ।