आज निको हुने भन्दा संक्रमित हुने बढि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ११।
नेपालमा गत २४ घन्टामा कोभिड-१९ बाट निकोहुनेहरु भन्दा सनक्रमितहुनेहरु नै बढेका छन्। नेपालमा गत २४ घन्टामा १ हजार ४ सय ३७ जना निको भएका छन् भने १ हजार ६ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै देशमा संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ भने कुल संक्रमित संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो। हाल सम्म १७ लाख जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १६ हजार ७ सय ९३ रहेको छ।
हाल ६ सय ८० जना क्वारेनटाइनमा रहेका हुन् । गत २४ घन्टामा थप २३ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ४ सय १२ जनाले ज्यान गुमाएका छन्।