कोरोना अपडेट;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित:६ करोड ६ लाख ९० हजार ८ सय ६०
निको भएका :४ करोड १९ लाख ३६ हजार ६ सय ५१
मृत्यु : १४ लाख २५ हजार ७ सय ५२
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा गत २४ घन्टामा ९ हजार २ सय १० जनाको पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै देशमा कुल संक्रमित संख्या २ लाख २६ हजार २६ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो। हाल सम्म १६ लाख ९० हजार ५ सय ९ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

गत २४ घन्टामा देशभरबाट ३ हजार १ सय ४० जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १६ हजार ६ सय ३९ रहेको छ।
हाल ६ सय ६९ जना क्वारेनटाइनमा रहेका हुन् । गत २४ घन्टामा थप २८ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन्