तापक्रम –
अधिकतम:३०.७ (भैरहवा )
न्त्युनातम :–०.८ (जुम्ला )
मंसिर ११ गते (बिहिबार)
दिउँसो : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू-भागमा आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : देशका पहाडि भु-भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भु- आंशिक बदलि रहनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम विश्लेषण :
हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।
हालको मौसमको अवस्था :
हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदलि रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/१० देखि २०७७/०८/१२) जारी समय : साँझ ६:०० बजे
बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकि प्रदेशमा आंशिक देखि सामान्य बदलि रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशको पहाडी भु-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
प्रदेश नं १,बाग्मती,गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनुका साथै पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया