कप्तान र उपकप्तान दुवै संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कात्तिक १० , काठमाडौं ।

बन्द प्रशिक्षणको पुर्व सन्ध्यामा  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र उपकप्तान दुवैमा कोभिड-१९ को संक्रमण देखिएको छ।
नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी लाई संक्रमण पुष्टि भएको दुबैले आ-आफ्नो फेसबुक वालमा पोस्ट गर्नु भएको छ।


दुवै जनाले आफूलाई संक्रमण देखिएको भन्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।
‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उहांहरू अहिले होम क्वारेन्टिनमा हुनुहुन्छ।

आजदेखि क्यानले बन्द प्रशिक्षण थाल्ने घोषणा गरेको थियो।