रात्रि व्यवसाय गर्न नपाए आन्दोलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मङ्सिर १०,काठमाडौं ।
कोभिड-१९ ले नेपाल लगायत विश्वको अर्थतन्त्र धरासाही बनाएको र पछिलो समय नेपाल सरकारले रात्रिकालिन लगायत अन्य केहि व्यवसायहरु बाहेक सम्पूर्ण व्यवसायहरु स्वास्थ्य मापदण्ड पुरा गरेर संचालन गरिसकेको अवस्थामा देशको कला,संस्कृतिको संरक्षण र आयश्रोतको एक मेरुदण्डको रुपमा रहेको रात्रिकालिन व्यवसायलाई पूर्णरुपमा बन्द राखिएको र पटक-पटक सम्बन्धित निकायमा अनुरोध गर्दा पनि कुनै सुनवाइ नभएको प्रति दोहोरि साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिको गम्भीर ध्यानाकर्षण भएको छ।

काठमाडौं उपत्यकामा मात्रै झन्डै ५ सयको हाराहारीमा रहेको व्यवसाय र २० हजार अधिक कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएको अवगत गराउदै रात्रिकालिन व्यवसाय संचालन गर्न नपाए रात्रिकालिन व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजधानी स्थित रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारलाई दोहोरि साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समिति यसो चेतावनी दिएको छ।

असोज मै सरकार समक्ष आग्रह गरेका र संचालन गरे संचालक वा साहुलाई नियन्त्रमा लिइने प्रतिउत्तर आएपछि थप केहि २ महिना व्यवसाय ठप्प गर्नुपरेको,समाजसेवी तथा व्यवसायी सरु थापाले बताउनु भयो।

राष्ट्रिय लोक तथा दोहोरि व्यवसायी संघका सदस्य गुरुराज खनालले,”अहिले सम्म अवस्था नियन्त्रणम रहेको र आन्दोलन गर्न बाध्य नबनाउन छिटै संचालनको अनुमति दिन सरकारलाई आग्रह छ।” भन्नुभयो।
संसद भवनमा कृषि मन्त्रीले भाषणमा सम्मेट्नुभेका खाने छाक्कको कुरालाई अंकित गर्दै उहाँले कोरोना रोगले भन्दा यहाँ भोकले मर्ने ‘अवस्था सृजना भएको बेला मन्त्रि ज्यु कता?’ भने प्रश्न गर्नु भयो ?

”प्रमुख जिल्ला अधिकारिको कार्यालय जादा पर्यटन बोर्डमा त्यहाँबाट पर्यटन मन्त्रालयमा र अन्तत: मन्त्रालयले सीसीएमसी संग छलफल गरे पश्चात जानकारी गराइने भनेको झन्डै एक महिना बितिसक्दा पनि अहिले सम्म कुनै प्रतिक्रिया नआएको”,ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजमान डङ्गोलले भन्नु भयो। आन्दोलन रहर नभई बाध्यता भएको उहाँको भनाइ छ।

दोहोरि साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले भोलि विहिबार जिल्ला प्रहरी कार्यालय,जिल्ला प्रशासन कार्यालय काठमाडौं र पुर्व प्रधानामंत्रिहु,पर्यटन स्वास्थ्य तथा गृहमन्त्रालयमा धारणा पत्र बुझाउने कार्यक्रम तय गरेको छ।
मङ्सिर १२ गते कोरोना विपत व्यवस्थापन सेन्टरमा धर्ना तथा र्याली गर्ने त्यसैगरी मङ्सिर १५ र १६ गते सांस्कृतिक झाँकी सहित शान्तिपूर्ण प्रदर्शनको साथै माईति घर मण्डलामा कोण सभा आयोजना गर्ने ,१७ गते जिल्ला प्रशासन कार्यालय ,१८ गते सिंहदरबार ,१९ गते बालुवाटार तथा २४ गतेदेखि आमरण अनसन बस्ने तयारी रहेको समितिले जनाएको छ।