काठमाडौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफुले कोरोना बीमाबापत प्राप्त गर्नुभएको रकम गृह जिल्ला ताप्लेजुङका विपन्नहरूको कोरोना बीमामा खर्च गर्नु भएको छ। मन्त्री भट्टराई हालै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मुक्त हुनुभएको थियो । मन्त्री भट्टराईको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसार ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका मन्त्री भट्टराईले आफुले कोरोना बीमाबापत प्राप्त गर्नुभएको १ लाख रुपैयाँ ताप्लेजुङ जिल्लाका ३ सय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरहरुको कोरोना बीमामा खर्च गर्नु हो ।
, यसअघि पनि मन्त्री भट्टराईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका १ हजार २ सय ७६ जनाको कोरोना बीमा गरिदिनु भएको थियो । यसरी हालसममा मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कुल १ हजार ५ सय ७६ जना व्यक्तिहरुको कोरोना बीमा गर्नुभएको थियोे ।
प्रतिक्रिया