तापक्रम –
अधिकतम:२९.२ (बिराटनगर)
न्त्युनातम :-१.० (जुम्ला )
मंसिर १० गते (बुधबार)
दिउँसो : वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक वदली रहनेछ। वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम विश्लेषण :
हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ ।
हालको मौसमको अवस्था :
हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०९ देखि २०७७/०८/११) जारी समय : सांझ ६:०० बजे
आज राती सुदूर पश्चिम , कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
प्रतिक्रिया