१० हजारको पिसिआर झन्डै १८ सय पोजेटिभ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०९ ।
नेपालमा गत २४ घन्टामा १० हजार ८ सय ४३ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै देशमा कुल संक्रमित संख्या २ लाख २४ हजार ७८ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो। हाल सम्म १६ लाख ८१ हजार २ सय ९९ जनाको पिसिआर परिक्षण गरिसकिएको छ ।

गत २४ घन्टामा देशभरबाट २ हजार ७ सय ९१ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १७ हजार ८ सय ५९ रहेको छ।
हाल ६ सय २७ जना क्वारेनटाइनमा रहेका हुन् । गत २४ घन्टामा थप २४ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ३ सय ६१ जनाले ज्यान गुमाएका छन्