जे सुकै होस ; पार्टी फुटदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ: सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने बताउनुभएको छ ।        आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भनुभयो।  नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन् । यो सर्वमान्य कुरा हो । अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ । यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भैरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् उन्हाको भनाइ छ ।