कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख पार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मङ्सिर ०९,काठमाडौं
विश्वभरी कोरोना सनक्रमणले मृत्यु हुनेहरुको संख्या १४ लाख पार भएको छ। वर्ल्डोमिटर द्वारा आज अपरान्ह अद्यावधि गरिएको तथ्यांक अनुसार यसो जनाइएको छ। विश्वभरी कोभिड संक्रमण पुष्टि भई ज्यान गुमाउनेहरु १४ लाख २ हजार ४२ पुगेका हुन्।

सबैभन्दा बढि ज्यान गुमाउनेहरुको सुचिमा अमेरिका,भारत,ब्राजिल र मेक्सिको लगायत देशहरु रहेका छन्। अमेरिकामा हाल सम्म कोभिड-१९ बाट मृत्यु हुनेहरुको संख्या २ लाख ६३ हजार ६ सय ८७ पुगेको हो। त्यसैगरी भारतमा १ लाख ३४ हजार २ सय ५४ जना संक्रमितहरुको मृत्यु भएको हो भने ब्राजिलमा १ लाख ६९ हजार ५ सय ४१ जनाको ज्यान गएको हो।
मेक्सिकोमा थप २ सय ५० जनाको मृत्यु भए संगै कुल मृत्यु हुनेहरु १ लाख १ हजार ९ सय २६ जना पुगेका हुन्। त्यसैगरी बेल्जियम र पाकिस्तानमा क्रमश: १३७ जना नयाँ संगै १५ हजार ७ सय ५५ र ४८ जना थप सहित ७ हजार ७ सय ४४ ज्यान गुमाउन पुगेका हुन्।
समाचार तयार पार्दा सम्म थप ४ सय ७१ जना संक्रमितहरुको मृत्यु भएको हो।

सार्क राष्ट्रहरुमा निकोहुने दर

नेपाल-९०.९० प्रतिशत
भारत-९३.६७ प्रतिशत
पाकिस्तान-८७.७८ प्रतिशत
भुटान-९४.२४ प्रतिशत
अफगानिस्तान-७९.९७ प्रतिशत
बङ्गलादेश-८१.०१ प्रतिशत
श्रीलंका-७१.८७ प्रतिशत
माल्दिभ्स-९१.९९ प्रतिशत