मंसिर ०८ । काठमाडौं ।
कोरोना भाइरसको महामारी कायमै रहेको बेला अन्य क्षेत्रहरु झैँ शिक्षा क्षेत्र पनि संचालनमा आउन थालेका छन्।तर कतिपय विद्यालयहरु संचालन गर्ने/नगर्ने भने अझै अन्यौल कायम नै छ। स्थानिय तहका स्वामित्व र सहयोगमा विभिन्न निजि तथा सरकारी विद्यालयहरुले आवस्यक सुरक्षाविधी र भौतिक दुरी अपनाउर्दै सञ्चालनमा आउन लागेका हुन।
दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतका अनुसार , स्वास्थ्य मापदण्ड पुरागर्दै नीजी तथा सरकारी विद्यालयहरु आइतबारबाट संचालन गरिएको छ। विद्यालयहरु संचालन गर्न विद्यार्थीका परिवार पनि तयार भएपछि विद्यालय संचालन गर्ने भएको उहाँको भनाइ छ।
”एउटा बेन्चमा एक मात्र विद्यार्थी राख्न भनेका छौं”,उहाँले बताउनुभयो । टोखा नगरपालिकामा अहिले विद्यालय संचालन गर्ने/नगर्नेबारे अझै निधो भईनसकेको हो।
टोखा नगरपालिकाका शिक्षा शाखा अधिकृत बाबुराम गौतमले बैठकको निर्णय नआउन्जेलसम्म अनलाइन कक्षाकै भरपर्ने नगरपालिकाका विद्यार्थीहरुलाई अनुरोध समेत गर्नु भएको हो।असोज देखि बैशाख सम्मको क्यालेन्डर भाद्र महिनामा प्रकाशितगरी पहिलो चरणको परीक्षा पनि सम्पन्न गरिसकेको गौतमले बताउनु भयो।
अनलाइन कक्षा मात्र नभइ कतिपय विद्यालयका शिक्षकहरु विद्याथीहरुको घरमै पुगेर पनि कक्षा दिईरहेका छन् ।
दिन प्रति दिन कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेको देखेर विद्यालय खोल्दा चुनौतीपुर्ण हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको बुझाइ हो।
यसैगरि गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपालका अनुसार असोस १६ देखि नै विद्यालय सञ्चालन हुँदै आइरहेको र हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ लाई कार्यन्वयन ल्याएको हुर्दा सो कार्यढाँचा अनुसारै विद्यालय सञ्चालन गर्न भनेका छौं ।
भौतिक दुरी, स्वस्थ्य सम्बन्धी नियम अपनाउदै, बिहान र बेलुकी सिफ्ट गरेर दुई घण्टा भन्दा बढि विद्याथीहरु कक्षामा नराख्ने गरि विद्यालय सञ्चालन गर्ने उहाँले बताउनुभयो। ललितपुर महानगरपालिकाकी उप-प्रमुख गीता सत्यालका अनुसार विद्यालय सञ्चालन गर्ने नगर्ने बारे निर्णय नभएको । अभिभावकहरुले बच्चा पठाउन तयार भए मात्रै विद्यालयहरु सञ्चालन गर्न दिने विषयमा प्याब्सन र एनप्याब्सनका शिक्षकहरुसगँ कुरा भएको उहाँले बताउनु भयो। ।
प्रतिक्रिया