३ हजार निको हुदा करिब २ हजार थपिए नयाँ संक्रमित

कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०८।
नेपालमा कोरोना संक्रमितहरु ३ हजार निको हुँदा करिब २ हजार नयाँ संक्रमितहरु थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार गत २४ घण्टामा १० हजार ३ सय ८१ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ८० जनामा नयाँ संक्रमित देखिएका हुन्। आज निकोहुनेहरुको संख्या ३ हजार ४३ छ। यो संगै देशमा कोरोना जिती घर फर्किनेहरुको संख्या २ लाख २ हजार ६७ (९०.९%) छ भने कुल संक्रमितहरु २ लाख २२ हजार २ सय ८८ पुगेको हो।

हाल सम्म १६ लाख ७० हजार ४ सय ५६ जनाको पिसिआर परिक्षण गरिसकिएको हो । हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १८ हजार ८ सय ८४ (९.५%)रहेको छ ।
हाल ६ सय २९ जना क्वारेनटाइनमा रहेका छन् । गत २४ घन्टामा थप १६ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन् ।