एकै दिनमा विवाहका पाँच चरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जय यादव
मङ्सिर ०७। काठमाडौं ।
विवाहका धेरै नियम र प्रकृति भए पनि सामान्तया नेपाली समाजमा मागी विवाहका अनिवार्य पाँच चरण पुरा हुनु नै पर्छ। ती हुन् मेहन्दी,जन्ती,रत्यौली,विदाई र समाजले मागेको रिसेप्शन।
यी पाँच वटै विधि धुमधामले पुरा गर्न सकियो भने विवाह स्मरणीय बन्ने गर्दछ।
त्यस्तै कलाकारद्धय रेश्मा र भिजुको विवाहलाई म्युजिक भिडियो मार्फत स्मरणीय बनाउने प्रयास गर्नु भएको छ निर्देशक सुब्रत राज आचार्यले।
हाल अमेरिका बसाइमा रहनु भएकी निर्माता तथा गीतकार बिनिता खनालको एकल रचना रहेको ‘लगन गाँठो’ नामक एल्बमबाट विवाहका यी पाँच वटै चरणका म्युजिक भिडियो एकै दिन सार्वजनिक गरिएको छ। ।

संगीतकार किरण खरेलको संगीतमा सजेको ‘लगन गाँठो’ एल्बममा आधा दर्जन बढि गायक-गायिकाहरुको आवाज समावेश रहेको छ। मेलिना राई,प्रबिशा अधिकारि,मीना निरौला,प्रताप दास,बानीका प्रधान,निखिता थापा र श्रीवास्तव खरेलको स्वारमा विभीन्न ५ वटा गित समावेश ‘लगनगाँठो’ एल्बममा अभिनय पनि एक दर्जन कलाकारहरुले गर्नु भएको छ। भिडियोमा विजु पार्की र रेश्मा घिमिरेलाई दुलहा-दुलहीको भूमिकामा देख्नसकिन्छ ।
रेश्मा घिमिरे,भिजु पार्की,अभिषेक श्रेष्ठ र गरिमा शर्माको मुख्य भूमिका रहेको यस एल्बममा शर्मिला मल्ल,शिशिर राणा,सम्झना बुढाथोकी,एअश्मि भट्ट,हेमन्त गौतम लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ।

 

आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘लगन गाँठो’ एल्बममा समावेश पाँच वटै गीतहरु एकै दिन सार्वजनिक भए पनि युट्युबमा भने पालैपालो उपलब्ध गराइने निर्देशक शुब्रत राज आचार्यले बताउनु भयो। एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै’ (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन् । जस मध्ये आज पहिलो भिडियो ‘आयो है आयो’ (मेहेन्दी गीत) ओ एस आर डिजिटलमा उपलब्ध गराइएको उहाँले बताउनु भयो।
अन्य जन्ती, रत्यौली, विदाई र रिसेप्सन गीतका भिडियो भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते युट्युबमा उपलब्ध गराइने उहाने थप्नु भयो।

दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गर्नुभएको छ भने भिडियोका असिस्टेन्ट डाइरेक्टर साइव्रत आचार्य र क्रियटिभ डाइरेक्टरको रुपमा जया शर्माले काम गर्नु भएको हो।

सो अवसरमा उपस्थित दर्शकहरुले यस्ता किसिमका गीतहरुबाट नेपाली समाजको विवाहमा बजाइने हिन्दि गीतहरु विस्थापित हुदै जाने प्रतिक्रिया दिएका हुन्।