काठमाडौं : विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको जानकारी दिनुभयो । क्वारेन्टिन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने पनि उहाँले बताउनुभयो ।
सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन । तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो
साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम ९आईसीएस०ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।
साथै इनकन्क्लुसिभ रिपोर्ट ९नेगेटिभ वा पोजेटिभ यकिन नभएको० आएमा पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिइएको छ । सबै प्रयोगशालाले क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाउन लागू गर्न पनि भनिएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यस्तै विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गर्ने निर्णय पनि भएको छ
चार प्रयोगशालालाई स्पष्टिकरण सोधियो
नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त चार प्रतिशत लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया