नब्बे प्रतिशत बढिले कोरोना जिते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ. नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९० प्रतिशत पार भएको छ। गत २४ घन्टामा देशभरबाट ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ९९ हजार ९ सय ६३ (९०.३) पुगेको हो ।
गत २४ घन्टामा ८ हजार ३२ जनाको पिसिआर परिक्षण गर्दा एक हजार ६ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संगै देशमा कुल संक्रमित संख्या २ लाख २० हजार ३ सय ०८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो । हाल सम्म १६ लाख ६० हजार ७५ जनाको पिसिआर परिक्षण गरिसकिएको हो । हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या १९ हजार ९ सय २४ (१३.६ ५)रहेको छ ।
हाल ६ सय ८६ जना क्वारेनटाइनमा रहेका हुन् भने ६६ जना भेन्तिलेटरमा उपचाररत रहेका छन् । गत २४ घन्टामा थप १६ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन् ।