खुल्यो राजा वीरेन्द्रको श्री सदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं : नारायणहिटी दरबारभित्र रहेको स्वर्गीय राजा  वीरेन्द्रको निजी निवास “श्री सदन” सर्वसाधारणका अवलोकनका लागि  खुला भएको छ । आइतबारबाट उक्त   भवनको अवलोकन गर्न पाइने छ

नारायण हिटिशनिबार  नारायणहिटि दरबार परिसरमा आयोजित समारोहमा  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गर्नुभएको थियो ।  नारायणहिटि नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार  ‘श्री सदन’  संगै  गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुनेछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ जेठ १५ गते उदघाटन गरेको गणतन्त्र स्मारक  हालसम्म  अवलोकनका लागि खुल्ला भएको  थिएन । वि स. २०२३ सालमा बनेको यो तीन तले भवनमा १२ वटा कोठा छन् । भुइँतलामा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको निजी कार्यालय थियो । भान्सा कोठा, खाना खाने कोठा, मदिरा पिउने बार र विश्राम गर्ने कोठा पनि भुइँतलामै छ ।नारायणहिटि

श्री सदनको भुइँ तलामा   युवराज दीपेन्द्र,  पहिलो तलामा राजा वीरेन्द्र सुत्ने कोठा र रानी ऐश्वर्यका कोठा छन् । रानी ऐश्वर्यको कोठामा उनले हेर्ने गरेको टेलिभिजन, गीतका क्यासेट र क्यासेट प्लेयर छन् ।

दोस्रो तलामा कान्छा छोरा निराजन र छोरी श्रुतीका कोठा छन् । मोटर ग्यारेजमा हिटलरले वीरेन्द्रलाई उपहारस्वरुप दिएको गाडी राखिएको छ । यसैगरी तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी पनि अवलोकन गर्न पाइने छ । त्यहाँ दीपेन्द्र, श्रुती र निराजनका खेलौना गाडीहरु पनि राखिएका छन् । वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकन गर्न पाइने छ ।

नारायणहिटि