दुई हजार निको हुदा डेढ हजार थपिए नयाँ संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०६ ।काठमाडौं ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या पछिलो २ दिनदेखि ठुलो संख्यामा निको हुदै आए पनि आज फेरी संक्रमित हुनेहरु बढेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार आज २ हजार ३ सय २३ जना संक्रमितहरु निको भएका हुन् भने १ हजार ६ सय ७४ जना नयाँ संक्रमितहरु पनि थपिएका छन्।

यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख १ लाख ९३ हजार ३ सय २५ पुगेको हो। देशमा हालमा निको हुने दर ८८.४ प्रतिशत रहेको छ। त्यसैगरी देशभर कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ रहेको छ।
हाल सक्रिय संक्रमितहरुको संख्या २४ हजार ९ रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा गत २४ घन्टामा ८ हजार १ सय ४४ जनाको पिसिआर परिक्षण गर्दा ६ सय ६१ जना महिला र १ हजार ३३ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो ।

हाल ७ सय ५७ जना क्वारेनटाइनमा रहेका छन्। गत २४ घन्टामा थप ७ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन्।