शुभप्रभात !! नमो नमः
आज २०७७ मङ्सिर ०६,शनिबार
कार्तिक शुक्लपक्ष सप्तमी
नक्षत्र :श्रवण
चन्द्र राशी : मकर
सूर्योदय :- ६ :३१
सूर्यास्त- ५ : ०८
तदनुसार, नोभेम्बर २१ तारिख २०२०
नेपाल संवत् ११४१ ,कछाला थ्व
छठको पर्वको चौथो अर्थात् अन्तिम दिन ,
विश्व टेलिभिजन दिवस
छठ विसर्जन:-
आज मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्त्व आज पनि त्यत्तिकै छ ।
प्रतिक्रिया