जय यादव ।
मङ्सिर ०५। काठमाडौं ।
सार्वजनिक विदा छ वा छैन भन्ने टुंगो अघिलो दिनसम्म नलाग्दा प्रदेश नम्बर २ मा छठको तयारी अन्यौल ग्रस्त बनेको छ। प्रदेश कै मुख्य चाड छठमा सार्वजनिक विदा नदिएको भन्दै चर्को विरोध भएपछि आजै मात्रै प्रदेश २ सरकारले विदाको औपचारिक सुचना निकालेको छ।
प्रदेश २ ले यस अघिका केहि चाडपर्वहरुमा भने १/२ दिन अगावै शुभकामना सहितको विदा सार्वजनिक गर्दै आएको थियो ।
यसपटक छठका लागि सार्वजनिक विदा भए नभएको जानकारी कुनै पनि आधिकारिक निकायबाट सार्वजनिक भएन। मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश दिंदा समेत विदा बारे केहि उल्लेख गर्नुभएको थिएन ।
प्रदेश २ सरकारले आज छठको दिन करिब १० बजे मात्रै सार्वजनिक विदा छ भने जानकारी गराएको छ ।
सामाजिक संजालमा भने छठको केहि दिन अगाडी देखि नै मङ्सिर ५ र ६ गते सार्वजनिक विदा हुने नहुने चर्चा सुरु भइसकेको थियो। कतैबाट पनि ठोस जानकारी नपाएपछि जनताको आक्रोश प्रदेश सरकारमाथि खनियो।
प्रदेश सरकारले छठ कै दिन विदाको सुचना सार्वजनिक गरेको प्रति सामाजिक संजालमा प्रदेश सरकारको गैरजिम्मेवारीपनको संज्ञा दिदै ,मुख्यमन्त्री लालबाबु यहीं मधेश समाजबाट भए पनि मधेश कै महान पर्व छठको शुभकामना समेत दिन नभ्याएको प्रति उहाँको असक्षमता भएको टिप्पणि भएको थियो ।
यसबारे बुझ्दा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र यादवले संघिय सरकारले भौगोलिक
विदा अन्तर्गत छठ विदा पनि समावेश गरेकोमा प्रदेश सरकारले पुन:विदाको सुचना जारि गर्नु आवश्यक नरहेको घामछायाँ संग फोन सम्पर्कमा बताउनु भयो।
उहाँका अनुसार, प्रदेशको राजपत्रमा छठको दुइ दिन विदा स्पष्ट लेखिए पनि संघीय सरकारका शाखा कार्यालयहरु तथा बैंकहरु खोल्न थालेको सुचना पाएपछि प्रदेश सरकारले विदाको सुचना छठ कै दिन भएपनि सार्वजनिक गर्नु परेको हो।
गृह मन्त्रालयको राजपत्रमा पनि यस अघि नै सम्बन्धित धर्म ,संस्कृति ,भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक विदा हुने पर्वहरुको सुचिमा छठलाई राखिएको छ।
प्रतिक्रिया