मङ्सिर ०५ ।काठमाडौं ।
नेपालमा कोरोनाका सक्रिय संक्रमितहरु नियमित घट्ने क्रममा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार आज ३ हजार ४ सय ४१ जना सक्रिय संक्रमितहरु निको भएका हुन्। अब देशभर जम्मा सक्रिय संक्रमितको कुल संख्या २४ हजार ६ सय ६५ (११.४%)रहेको छ।
हिजो सम्म देशमा सक्रिय संक्रमितहरुको संख्या २८ हजार १ सय ६ थियो। यसैगरी बुधबार नेपलामा २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमितहरु थिए भने मंगलबार ३० हजार ९ सय ८६ जना कोरोनाका सक्रिय संक्रमितहरु थिए। त्यसैगरी गत सोमबार र आइतबार क्रमश :३३ हजार ३ सय ७९ र ३५ हजार १ सय २५ जना सक्रिय संक्रमितहरु थिए।
नेपालमा गत २४ घन्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परिक्षण गर्दा १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पनि देखिएको छ। जसमा ७४० महिला र १हजार २ सय ५ जना पुरुष समावेश छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो नतिजा आएको हो। यो संगै देशमा कुल संक्रमित संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको हो। हाल सम्म १६ लाख ४३ हजार ८ सय ९९ जनाको पिसिआर परिक्षण गरिसकिएको हो।
गत २४ घन्टामा देशभरबाट ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ९१ हजार २ पुगेको हो। निको डर ८८ प्रतिशत रहेको छ।
हाल ७ सय ५३ जना क्वारेनटाइनमा रहेका छन्। गत २४ घन्टामा थप २२ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय ९८ जनाले ज्यान गुमाएका छन्
प्रतिक्रिया