छठ पूजाको आज दोश्रो दिन देखिएका केहि दृश्यहरु (फोटो फिचर )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०४ ,
आज छठ पर्वको दोश्रो दिन अर्थात खरना। यसलाई स्थानीय भाषामा ‘रसियाव रोटि’ भनिन्छ। खरना पूजा तथा छठ पूजाका लागि हुदै गरेको तयारीलाई विभिन्न स्थानहरुबाट संकलन गरिएको छ।

खरानाको पूजा गर्दै व्रतालु महिला साथै परिवारका एक अर्का बच्चा सदस्य। छठ पर्वको आज दोश्रो दिन अर्थात ‘खरना’ यसलाई स्थानीय भाषामा ‘रसियाव रोटि’ पनि भनिन्छ।

 

छठ पर्वलाइ लक्षितगरी फलफूल पसल थापेका एक पसले

 

छठ पर्वमा अरघ दिन विशेष मानिएको अदुवा ,बिक्री गर्नका लागि राखिएको। यसलाई स्थानिय भाषामा ‘आदि’ भनिन्छ।

 

चिनी र पानिलाइ मिसाएर अत्यधिक ताप दिई बनाएको मिठाइको प्रकार। यसलाई स्थानिय भाषामा ‘बातासा’भनिन्छ। छठ पर्वको बेला एकले अर्काको दउरामा साटासाट गरेर आकांक्षा पुरा हुने मान्यता रहेको छ।
छठ पूजामा प्रयोग गरिने बाँसको सामग्रीहरु बेच्दै एक पसले । जसमा सामग्री अन्तर्गत दउरा,दउरी ,सुपुली,डागारा र छइँटा समावेश छन्।
छठ पूजाको आज दोश्रो दिनमा देखिएको पर्सा जिल्लाको विरगंज स्थित घडिअर्वा पोखरीको दृश्य। हरेक वर्ष छठको बेला यस पोखरीलाई दुलही झैँ सजाइने गरिन्छ। यस वर्ष भने कोरोनाले गर्दा सजावटमा कमि भएको स्थानीयहरू बताउछन।

 

सिमरौनगढ़ छठ घाटको तयारी अवस्था .