निःशुल्क खाना सँगै खाद्यान्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, मंसिर ४ खुलामञ्चमा निःशुल्क

 

खाना खुवाउँदै आएको हाम्रो टीम नेखाद्यान्न वितरणको अभियान पनि थालेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन आग्रह गरेपछि अहिले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल छेउमा खाना खुवाइरहेको हण्ड्रेड ग्रुपले खाद्यान्न सहयोग पनि थालेको हो ।

 

 

महानगरपालिकाले उपलब्ध गराएको स्थानमा आउन नसक्ने, घरमा पकाएर खाने अवस्था, दृष्टिविहीन र फरक क्षमता भएकाहरुको हकमा निःशुल्क खाद्यान्न वितरण गर्न थालिएको हो । “काम गर्न सक्नेहरुलाई रोजगारी दिलाउने विषयमा महानगरपालिकासँग छलफल भइरहेको छ र महानगरपालिकाले काम गर्न सक्नेहरुको नामावली प्रदान गर्न भनेको छ”, हण्ड्रेड ग्रुपका अध्यक्ष अन्सु यादवले बताउनुभयो ।

महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको दक्षिण तर्फ रहेको खुला ठाउँ उपलब्ध गराएपछि हिजोबाट सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हो । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता छ ।