थपिए २१ सय बढि संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०४।
नेपालमा गत २४ घन्टामा २ हजार १ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो।यो संगै देशमा कुल संक्रमित संख्या २ लाख १५ हजार २० पुगेको हो। हाल सम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर परिक्षण गरिसकिएको हो।

गत २४ घन्टामा देशभरबाट २ हजार ८ सय ५८ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको हो।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या २८ हजार १ सय ६ रहेको छ।
हाल ७ सय ६७ जना क्वारेनटाइनमा रहेका छन्। गत २४ घन्टामा थप १७ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय ७६ जनाले ज्यान गुमाएका छन्