काठमाडौं, ३ मंसिर
खुल्लामञ्चबाट प्रसूतिगृह पछाडिको दक्षिणतर्फको मैदानमा सारिएको निःशुल्क खाना वितरणको भौतिक व्यवस्थापन काठमाडौं महानगरपालिकाले गरिदिनेभएको छ ।
यसअघि महानगर र अभियन्ता बीच नि:शल्क खाना वितरणलाई खुलामञ्चबाट थपाथलि सार्नेे सहमति भएको थियो।
काठमाडौं महानगर नगर प्रहरी प्रमुख, धनपती सापकोटाका अनुसार, अभियन्ताहरुसंग पटक-पटक बैठक बसेर वैकल्पिक स्थान खोज्ने सल्लाह भएपछि सो स्थानमा खाना खुवाउने कार्य सुरु गरिएको हो ।
यसमा आवश्यक व्यवस्था गर्न खानेपानी, फोहोर व्यवस्थापन र शौचालयको व्यवस्थाको कुराहरु गदै जाने।, अहिलेलाई अर्को व्यवस्था नभएसम्म रत्नपार्क, बसपार्कमै खाना खान आउने व्यक्तिहरुलाई र खुवाउने अभियन्ताहरुलाई यही स्थानमा जम्म हुन उहाँको अनुरोध छ।
प्रतिक्रिया