६ हजारको परिक्षण गर्दा झन्डै डेढ हजार संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०३।
नेपालमा गत २४ घन्टामा ६ हजार ७ सय ३१ जनाको पिसिआर परिक्षण गर्दा ५ सय ३४ महिला र ९ सय ८ जना पुरुष गरी १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै देशमा कुल संक्रमित संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो। हाल सम्म १६ लाख २३ हजार ७ सय ५४ जनाको पिसिआर परिक्षण गरिसकिएको हो।

गत २४ घन्टामा देशभरबाट ३ हजार ५ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ८२ हजार ७ सय ८० (८५.८ %)पुगेको हो।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या २८ हजार ८ सय ७८ (१३.६ %)रहेको छ।
हाल ९ सय १० जना क्वारेनटाइनमा रहेका हुन् भने ५४ जना भेन्तिलेटरमा उपचाररत रहेका छन्। गत २४ घन्टामा थप १२ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय ५९ (०.६%) जनाले ज्यान गुमाएका छन्