पोहोर भन्दा वायुमन्डल सफा; नतिजा बढि जाडो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मङ्सिर ०३ ,काठमाडौं ।
देशभर चिसो बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ,देशभर अहिले चिसो बढ्ने क्रममा रहेको छ। तराई क्षेत्रमा कुहिरो लाग्न सुरु गरेको छ भने र सित लहर पनि चाडै सुरु हुने महाशाखाले बताएको हो।
मौसम पूर्वानुमान महाशाखाका मौसम विद्ध मिन कुमार अर्यालका अनुसार ,पोहोर सालको तुलनामा यससाल क्रमिक रुपमा चिसो बढ्दै जाने छ।

”गत वर्ष भन्दा यस वर्ष वायुमण्डल सफा देखिएकोले पनि चिसो बढ्ने सम्भावना उच्च रहेको छ”,अर्यालले घामछायाँ संग फोन सम्पर्कमा बताउनु भयो। उहाँले ,”दिन छोटो हुदै जाँदा चिसो पनि बढ्दै जाने”,बताउनु भयो।
”बाहिरि मौसमी प्रणालिहरुको आगमन अहिले सम्म नभएकोले मौसनामा परिवर्तन नभई एकै बेगमा चिसो बढ्ने क्रममा रहेको हो।” अर्यालको भनाइ छ। बाहिरि मौसमी प्रणालिको आगमन हुँदा तापक्रममा परिवर्तन हुनेगर्छ तर यसपाली उक्त परिवर्तनको संकेत नपाइसकेको ,उहाँले बताउनु हुन्छ।

”वायुमण्डल स्वच्छ र सफा भए सुर्यको किरण पृथ्वीमा आउँन कुनै अवरोध नहुने तर समान अवस्थामा किरण छिटै फर्किने गर्दा पृथ्वीमा तातोपनामा न्यूनता महसुस गरिन्छ र हाल सोहि प्रक्रिया सक्रिय रहेको”,मौसम विद्ध अर्यालले बताउनु भयो।

हाल नेपालको सबै भन्दा न्यून तापक्रम रहेको जिल्लाको रुपमा जुम्ला रहेको छ ,यहाँ -२ डिग्री तापक्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

आजको मौसम :

दिउँसो : प्रदेश नं १र सुदुर पश्चिम प्रदेशको भू-भाग, बाँकि पहाडी भू-भागमा आंशिक बदली रही अन्य श्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामा

 

न्यतया सफा रहनेछ ।

हालको मौसमको अवस्था :

हाल सुदुर पश्चिमको पहाडि भू-भागमा आंशिक बदली र यसको तराई भु-भागमा हुसु्/कुहिरो लागेको छ बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भु-भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।