कोरोना अपडेट;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित: ५ करोड ५९ लाख २३ हजार ७ सय ६५
निको भएका : ३ करोड ८९ लाख २६ हजार ८ सय ४६
मृत्यु : १३ लाख ४२ लाख ७ सय १५
स्रोत: वर्डोमिटर्स

नेपाल:

नेपालमा गत २४ घन्टामा ३ हजार १ सय १२ जनाको पिसिआर परिक्षण गर्दा २ सय ४ जना महिला र २ सय ९८ जना पुरुषगरी ५ सय २ जनामा कोरोना संक्रमण देखिएको छ। यो संगै देशमा कुल संक्रमित संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वाजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो। हाल सम्म १६ लाख १७ हजार २३ जनाको पिसिआर परिक्षण गरिसकिएको हो।

गत २४ घन्टामा देशभरबाट २ हजार ८ सय ७८ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको हो।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या ३० हजार ९ सय ८६ (१४.६ %)रहेको छ।
हाल १ हजार ३ जना क्वारेनटाइनमा रहेका हुन्। गत २४ घन्टामा थप १७ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय ४७ (०.६%) जनाले ज्यान गुमाएका छन्