पौने ४ लाख निको हुँदा साढे ५ लाख थपिदै

कोरोना अपडेट ;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर ०२ , काठमाडौं।
विश्वभरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ। हरेक दिन विश्वभरी निको हुनेहरु भन्दा संक्रमित हुनेहरुको संख्या बढ्दै गएको हो। कोभिड १९ बारे विश्वको अद्यावधि जानकारी गराउने आधिकारिक माध्यम वर्ल्डोमिटरले जानकारी गराए अनुसार ,हरेक दिन ५ लाख नयाँ संक्रमित थपिएदै गएका हुन्।
वर्ल्डोमिटरका अनुसार पछिलो २४ घण्टामा पनि विश्वभरि ५ लाख ४८ हजार ९ सय ६३ जना नयाँ संक्रमितहरु थपिएका हुन्। यो संगै संसारभर कुल संक्रमित संख्या ५ करोड ५३ लाख ५० हजार ६ सय ६३ पुगेको छ।

संक्रमितहरु भन्दा निको हुनेहरुको संख्या डेढ लाखले फरक छ। गत २४ घन्टामा ३ लाख ७० हजार ८ सय १४ जना निको हुँदा विश्वमा कोरोना मुक्त भई घर फर्किनेहरुको कुल संख्या ३ करोड ८४ लाख ९४ हजार ४ सय ४१ पुगेको वर्लडोमिटरले जनाएको हो। मृतक संख्या १३ लाख पार भएको हो। आज मात्रै दुनियाभरिका बिभिन्न देशहरुबाट ८ हजार ३ सय ७१ जनाको मृत्यु भएपछी विश्वभरी १३ लाख ३२ हजार ३ सय ३८ जनाले कोरोना संक्रमित भई ज्यान गुमाइसकेका हुन्।

हाल विश्वभरी १ करोड ५५ लाख ३२ हजार ८ सय १३ जना सक्रिय संक्रमितहरु रहेका हुन् ती मध्ये १ करोड ५४ लाख ३३ हजार ५६ (९९%) जनाको अवस्था सामान्य रहेको छ भने ९९ हजार ७ सय ५७(१%) जनाको अवस्था गम्भिर रहेको वर्ल्डोमिटरले जनाकारी गराएको हो।

संसारका अधिकांश देशहरुमा लकडाउन हटेको अवस्था छ ,धेरै राष्ट्रहरुमा लकडाउन खुकुलो गरिएको छ भने कतिपय देशमा फेरी निषेधाज्ञा जारि गरिएको छ।