आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंसिर ० गते (मंगलबार):

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम विश्लेषण :    

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था :

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली साथै सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०८/०१ देखि २०७७/०८/०३) जारी समय : साँझ ६:०० बजे

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा हल्का बर्षाको सम्भावना रहेको साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

तापक्रम :

अधिकतम -३२.७ डिग्री ( विराटनगर)
न्युनतम – ०१.०० डिग्री (जुम्ला)