काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३ सय ६४ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ। गत २४ घण्टामा कोरोनाबाट थप ९ जनाको ज्यान गए संगै हालसम्म देशभर १ हजार दुई सय ३० जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ।
प्रतिक्रिया