भाइटीकामा खुलेको रानीपोखरी (फोटो फिचर र भिडियो )

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१ मंसिर, काठमाडौं ।
भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकामा सोमबार खुलेको छ । यस वर्ष दुई दिनका लागि रानीपोखरी खोलिने भएको छ । आजका दिन काठमाडौं बाहिरका दर्शनार्थीहरुका लागि खोलिएको र भोलि फेरि काठमाडौं भित्रका विशेषगरी नेवार समुदायका दर्शनार्थीहरुकालागि खोलिने उपत्यका प्रहरी प्रमुख धनपति सापकोटा ले जानकारी दिनुभयो ।
साथै भौतिक दुरी कायम गर्दै, सेनिटाइजर, मास्क र तापक्रम जाचेर मात्रै रानीपोखीमा प्रवेश गराइने उहाँले बताउनु भयो।

अहिले रानीपोखरीमा स्थापित मन्दिरमा भाइटीकाको दिन दिदीबहिनी र दाजुभाइ नहुनेहरुले गएर टीका लगाउने केन्द्रको रुपमा विकास हुदै गएको छ । काठमाडौंका अरु महादेव मन्दिरभन्दा पनि रानीपोखरी बढी चर्चामा रहयो ।

 

भाइटीकामा प्रयोग गरिने सप्तरंगी टीका

 

रानी पोखरी प्रवेश गर्नु पहिले भक्तजनहरुलाई सेनिटाइज गरिदै

 

रानीपोखरी परिसर भित्र सेल्फी खिच्दै एक भक्तजन

 

रानीपोखरी परिसर भित्र टिका लगाउदै

 

रानीपोखरीको नवनिर्मित मन्दिर नियाल्दै दर्शनार्थीहरु