कोरोना अपडेट;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभर कोरोना :

संक्रमित: ५ करोड ४८ लाख १ हजार ७ सय
निको भएका : ३ करोड ८१ लाख २३ हजार ६ सय २७
मृत्यु :१३ लाख २३ हजार ९ सय ६७

स्रोत: वर्डोमिटर्स

नेपाल:

काठमाडौँ– पछिलो ३ दिन देखि निकोहरुको संख्यामा वृद्धि भएको छ। कोरोना संक्रमण भई निको हुनेहरु ८२.७ प्रतिशत पुगेको छ। आज पनि देशभरबाट २ हजार ७ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ७३ हजार ४ सय ३० पुगेको हो।
बिभिन्न प्रयोगशालामा ६ हजार ४ सय ७६ जनाको परीक्षण गर्दा १ हजार ४ सय ७७ जनामा नयाँ संक्रमण पनि देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो।
यो संगै आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको हो भने कुल १६ लाख ९ हजार ७९ जनाको पिसिआर परिक्षण गरि सकिएको छ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या ३५ हजार १ सय २५ रहेको छ।
हाल १ हजार २१ जना क्वारेनटाइनमा रहेका हुन्। गत २४ घन्टामा थप ६ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय २१ जनाले ज्यान गुमाएका छन्