मंसिर ०१ गते (सोमबार):
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १-२ स्थानहरु लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मौसम विश्लेषण :
हाल नेपालमा बाग्मती प्रदेश भन्दा पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ।
हालको मौसमको अवस्था :
देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली, बाग्मती प्रदेश तथा प्रदेश नं १ का पहाडी भु-भागमा आंशिक बदली हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/३० देखि २०७७/०८/०२) जारी समय : सांझ ६:०० बजे
आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ र सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
प्रतिक्रिया