आजको मौसम;

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक ३० गते (आइतबार):

दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ । साथै, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मौसम विश्लेषण :    

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ।

हालको मौसमको अवस्था :

देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०७/३० देखि २०७७/०८/०२) जारी समय : बिहान ६:०० बजे

दिउँसो : कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम बर्षाको सम्भावना छ र सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।