शुभप्रभात !! नमो नमः
आज २०७७ कार्तिक ३०,आइतवार
कार्तिक कृष्णऔंसी
नक्षत्र :विशाखा
चन्द्र राशी : तुला
सूर्योदय :- ६ :२६
सूर्यास्त- ५ : १०
तदनुसार, नोभेम्बर १५ तारिख २०२०
नेपाल संवत् ११४०, कौला गा :
गाई तिहार /गाई पूजा,स्नानदानादौ,वली पूजा,म्ह पूजा
गाई तिहार: कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ ।
प्रतिक्रिया