कार्तिक , काठमाडौँ–
गत २४ घन्टामा देशभरबाट २ हजार ५ सय ३ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको हो।
बिभिन्न प्रयोगशालामा ८ हजार ७ सय ५३ जनाको परीक्षण गर्दा १ हजार ९ सय ४६ जनामा नयाँ संक्रमण पनि देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वाजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो।
यो संगै आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको हो भने कुल १६ लाख २ हजार ६ सय ३ जनाको पिसिआर परिक्षण गरि सकिएको छ।
हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या ३६ हजार ४ सय ५२ रहेको छ।
हाल१ हजार ५७ जना क्वारेनटाइनमा रहेका हुन्। गत २४ घन्टामा थप १३ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन्
प्रतिक्रिया