“जग्गा व्यक्तिको स्वामित्वमा हुँदा विकास गर्न अपठेरो”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मूलपानी, काठमाडौं ः पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जग्गा सरकारको स्वामित्वमा नहुर्दा विकास गर्न गाह्रो भएको बताउनुभएको छ ।
नेपालमा व्यक्तिको नाममा जग्गा हुनेभए पनि कतिप्रय देशहरुमा सबै जग्गा सरकारको नाममा हुने र व्यक्तिले चाहेमा लिजमा लिन सक्ने उहाँले उल्लेख गर्नुभयो । “अमिरिकी जस्तो देशमा पनि जग्गा निजी हुदैन, सरकारको हातमा हुन्छ । कुनै पनि व्यक्तिलाई कुनै पनि ठाउँबाट हटाउन सजिलो हुन्छ,” उहाँको भनाइ थियो ।
पूर्व प्रधानमन्त्रीले दुई पटक देशको सविधान बनाउने काममा संलग्न रहँदा आफूले सबै जग्गा राज्यकै स्वमित्वोमा रहने प्रावधान राख्ने प्रयास गरेको पनि बताउनुभयो । “हामीले अहिलेको संविधानमा यस विषयलाई व्यवस्था गर्ना खोजेका थियौं तर पार लागेन । यस भन्दा अघि २०४७ सालको संविधानमा पनि कोसिस गरिएको थियौं त्यो पनि पार लागेन ।”
नेपालमा उपयुक्त भूमि प्रयोग नीति नभए सम्म कुन जमिनलाई कुन हिसाबले प्रयोग गर्ने वा कुन ठाउँमा वन, कृषि भूमि, प्रयोग धन्दा, सरकारी कार्यलयहरु, स्कूल, कलेज, सेवा सुविधा, हस्पताल, बजार, प्रदर्शनी हल, सामुदायिक हलहरु राख्ने हो सरुमै राम्रोसगँ राख्ने भने थाहा नहुने विचार पनि  उहााँको थिियो।

कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा शंखरापूर नगरपालिकादूारा पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना सयुक्त रुपमा आयोजित आयोजना व्यवस्थापन उप–समितिको पहिलो बैठक उदघाटन सत्रमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बताउनुभयो ।
तीन ओटै नगरपालिकाबाट समयुक्त रुपमा प्रसतावित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनालाई स्विकृती गरेको छ । “पूर्वी काठमाडौं जग्गा एकीकरण (ल्याण्ड पुलिङ्ग) आयोजना” संचालन गर्ने बताउनुभयो । बैठकले क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, डिपीआर तयार गर्ने, आयोजना क्षेत्र भित्रका कित्ताहरु हक–हस्तान्तरणका लागि कित्ताकाट गर्दा ८ आना क्षेत्रफल भन्दा कम क्षेत्रफल नहुने मात्र कित्ताकाट गर्न सम्बन्धित मालपोत कार्यालयमा रोक्काका लागि कार्य आगाडि बढाउने र कार्यविधि तयार गर्ने विषयमा निर्णय भएको छ ।
नामाकरण गरी कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाको अध्यक्षतामा आयोजित व्यवस्थापन उप–समितिको कार्यविधि, २०७६ स्वीकृत गर्ने, आयोजना कार्यालयको मुकाम तोक्ने, आयोजना व्यवस्थापन उप–समितिको सदस्य सचिव तोक्ने, आयोजनाका लागि अनुमानित बजेट तयार गरी तीनवटै नगरपालिकाबाट निकासा माग गर्ने, आयोजनाका लागि आवश्वक कर्मचारी नगरपालिकाबाट काजमा खटाईने, आयोजना संचालन हुने वडाहरुको जग्गाको चारकिल्ला निर्धारण गर्ने, आयोजना क्षेत्रका सम्बन्धित जग्गाधनी तथा मोहिहरुलाई भेला गर्ने, आयोजनाको नामबाट बैंक खाता सञ्चालन गर्ने, आयोजनाका लागि कानूनी सल्लाहकारको नियुक्ति गर्ने र बैठक भत्ता निधारण गर्ने विषयमा बृहत्त छलफल भई निर्णय भएको ।
गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले कार्यक्रममा कामहरु अगाडी बढाउदै गर्दा अब हामीले संस्थागतबाट स्विकृती पाइसकेको साथैै अब यो आयोजना अगाडी बढेको र नरोकिने भन्ने कुरा विस्वस्त हुनका लागि उहाँले बताउनुभयो ।
यो आयोजना कुनै एक्ले गरेर हुने कुरा पनि होइन यसमा सबै वडा अध्यक्ष, सचिवहरुको ठूलो भूमिका साथ अगाडी बढनु भएको छ, साथै धन्यवाद दिन चाहेको उहाँले बताउनुभयो ।
विभिन्न वडाहरुमा यस विषयमा धेरै कुरा भइसकेको र धेरैले जानकारी पनि पाइसकेको छ । मुख्य कुरा कसैसगँ जग्गा लिएर कुरा गर्नु पर्ने भएकाले जग्गा धनीसगँ कुरा गर्नुपने साथै जग्गा धनीले जग्गा नदिए यो आयोजना कसरी हुने? उहाँले बताउनुभयो ।