एकै दिन भए साढे ३ हजार बढि निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक २८ , काठमाडौँ–
गत २४ घन्टामा देशभरबाट ३ हजार ५ सय ३७ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको हो।
बिभिन्न प्रयोगशालामा ९ हजार ५ सय ३३ जनाको परीक्षण गर्दा २ हजार १ सय ११ जनामा नयाँ संक्रमण पनि देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइबर मार्फत सार्वाजनिक गरेको अद्यावधिक विवरण अनुसार यो नतिजा आएको हो।
यो संगै आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हाजर ३ सय ५३ पुगेको हो भने कुल १५ लाख ९३ हजार ८ सय ५० जनाको पिसिआर परिक्षण गरि सकिएको छ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या ३७ हजार २२ रहेको छ।
हाल ९ सय ८६ जना क्वारेनटाइनमा रहेका हुन्। गत २४ घन्टामा थप १३ जना नेपालीहरुको कोरोना संक्रमणको कारण मृत्यु भए संगै हाल सम्म कोरोनाको कारण १ हजार २ सय २ जनाले ज्यान गुमाएका छन्