क्यानले प्रमुख प्रशिक्षक र क्रिकेट म्यानजरको अन्तरवार्ता थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कार्त्तिक २८।
नेपाल क्रिकेट संघ (क्यान)ले टिमको प्रमुख प्रशिक्षक र क्रिकेट म्यानजरको अन्तरवार्ता तत्काल लिने भएको छ। ।

संघको आज बसेको अनलाइन बोर्ड बैठकले प्रमुख प्रशिक्षक र क्रिकेट म्यानजरको अन्तर्वार्ता आज-भोलिमा र अन्य पदहरूको अन्तर्वार्ता तिहारपछि लिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय लिग बारे पनि आवश्यक गृहकार्य सुरु गर्न छलफल गरेको हो।
अरु राष्ट जस्तै नेपालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगा संचालन होस् भने उदेश्यले नेपाल प्रिमियर लिग (एनपीएल) नामले प्रतियोगिता सुरु गर्न सम्बन्धमा छलफल गरिएको नेपाल क्रिकेट संघका सचिव तथा प्रवक्ता अशोकनाथ प्याकुरेलले बताउनु भयो ।

नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले प्रस्ताव गरेको विधानलाई आज बसेको बैठकबाट नेपाल क्रिकेट संघ मातहतमा रहनेगरी मान्यता प्रदान गरिएको संघको विज्ञप्तिमा उल्लेख छ। एनपीएलको विषय आगामी वार्षिक साधारणसभामा समेत एजेण्डाको विषयमा लगिने निर्णय गरिएको हो भने एनपीएल कहिलेदेखि सुरु गर्ने भन्ने विषयमा चाहिँ तत्काल मिति सार्वजनिक गरेको छैन।