कार्त्तिक।
कोरोनाको उपचार नि:शुल्क गर्ने सरकारले गरेको निर्णयको चर्चा चलिरहे कै बेला फेरी सरकारले अर्को चर्चा योग्य आग्रह गरेको छ।
यसपाली कोरोना संक्रमितहरुलाई सरकारले योगदान गर्न आग्रह गरेको हो। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले भाइबर ग्रुपमा पठाएको विज्ञप्ति मार्फत यसो अनुरोध गरिएको हो। विज्ञप्तिमा सक्षम ,इच्छुक र योगदान गर्न चाहनेलाई सरकारले कोरोना परिक्षण र उपचारमा योगदान गर्न आहवान गरेको हो।
यस अघि सरकारले कोरोना संक्रमितहरुको उपचार गर्न नसक्ने भने पछि ब्यापक विरोध भएको थियो। संक्रमितहरुको उपचार गर्न नसक्ने सरकारको यस निर्णय प्रति सर्वोच्च अदालतमा रिटपरेको थियो। त्यस लगतै सरकारले कोरोना संक्रमितहरुको नि:शुल्क उपचार गर्न सुचिकृत भएका तथा सरकारी अस्पतालहरुलाई निर्देशन पठाइसकेको छ।
संक्रमितहरुको उपचार नि;शुल्क गर्न भनिए पनि बिमा भएकाहरुको परिक्षण र उपचार खर्च विरामीले स्वयम् बेहुर्नु पर्ने सरकारी निर्णय भएको हो।
प्रतिक्रिया