जय यादव।
कार्त्तिक २८।काठमाडौँ ।
विवेकशील नेपाली दलमा एकीकरणका लागि मतसंग्रह सम्पन्न भएको छ। विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण गर्ने नगर्ने भने विषयमा दलको आन्तरिक मतसंग्रह सम्पन्न भएको हो।
” विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरण सम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको” विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले घामछायाँसंग बताउनु भयो।
मत परिणाम आजै साझ ५ बजे सम्म सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त पवन गौतमले बताउनु भयो। ”करिब ७ सय मत खसेकोमा झन्डै ६ सय मतगणना भईसकेको हो ,साझ ५ बजे सम्म संघीय समितिले आफु अनुकुल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने”, पार्टीको आन्तरिक निर्वाचन आयोगका प्रमुख पवन गौतमले भन्नु भयो।
”विवेकशील नेपाली दल र साझा पार्टीका संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ गत कार्तिक ५ गते सङ्घीय समितिको बैठकले सदस्यहरू कहाँ छलफलका लागि पठाएको थियो ।यही कार्त्तिक २६ र २७ गते विवेकशील नेपाली दलका नेपालस्थित सदस्यहरूले एसएमएसबाट र प्रवासमा रहेका सदस्यले इमेलबाट साझा पार्टीसँग एकीकरण गर्ने (एस) की नगर्ने (नो) भनी मतदान गरेका थिए। मतसंग्रहको सम्पूर्ण व्यवस्थापन र संयोजन पार्टीको स्वायत्त निर्वाचन आयोगले गरेको थियो।”, अध्यक्ष पाण्डेले बताउनु भयो।
शीर्ष नेताहरू मात्र मिलेर पार्टी एकीकरण गर्ने प्रचलनलाई तोड्दै विवेकशील नेपाली दलले आम सदस्यहरूको मतमार्फत एकीकरणको निर्णय गर्दै छ। यो मतसंग्रह एउटा दलको आन्तरिक अभ्यास मात्र नभएर नेपालको राजनीतिक इतिहासमा सदस्यहरूको सार्वभौमिकता र दलहरूभित्रको आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यासको व्यवहारिक संस्थापनाको रूपमा इतिहासमा लिपिबद्ध हुने विवेकशील नेपाली दलको विश्वास छ।
प्रतिक्रिया